समाचार प्रभाब : चारआली खानेपानीको चुनावी कार्यक्रम स्थगित
चारआली । चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले निर्वाचन कार्याक्रम स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको बेला समितिले निर्वाचन गर्न लागेको समाचार खबरमञ्च साप्ताहिकलगायत अन्य सञ्चारमाध्यममा प्रकाशित भएपछि सस्थाले निर्वाचन कार्याक्रम स्थगित गरेको हो ।

कारोना संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको धज्जी उडाउँदै चारआली खानेपानी उपभोक्ता समितिले यही जेठ २९ गते मतदान गर्ने गरी चुनावी कार्यक्रम प्रकाशित गरेको थियो । कार्यसमिति र लेखा समितिको निर्वाचनका लागि निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशित गरेका थियो ।
जिल्ला प्रशासन कार्यालय झापाले जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवधिमा मानिस भिडभाड हुने कुनै पनि कार्य गर्न पाइदैन तर झापाको चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले भने कार्यसमितिको निर्वाचन गर्ने सूचना प्रकासित गरेको थियो ।

काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
