आठौं वर्ष पूरा गर्दै नवौं वर्षमा प्रवेश गर्यो ‘हाम्रो खबरपाटी’
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन समाचार पोर्टल हाम्रो खबरपाटी डटकम आज असोज १ गतेदेखि स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ।
सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणलाई प्राथमिकतामा राख्दै आएको हाम्रो खबरपाटीले नवौं वर्ष प्रवेशको अवसरमा आफ्ना सहकर्मी, सञ्चारकर्मी, पाठक, विज्ञापनदाता तथा सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ।
नवौं वर्षमा अझ सशक्त र जिम्मेवार पत्रकारितामार्फत जनताको आवाज बुलन्द गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ। आगामी दिनमा पनि पाठक, शुभचिन्तक तथा सरोकारवालाबाट निरन्तर साथ र समर्थनको अपेक्षा गरिएको छ।
सम्पादक त्रिलोचन गौतमले नवौं वर्षको यात्रालाई संस्थाका लागि थप जिम्मेवारी र चुनौतीको अवसरका रूपमा लिँदै आगामी दिनमा पनि सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको मूल्यमान्यतालाई केन्द्रमा राखेर अघि बढ्ने बताएका छन्। बदलिँदो प्रविधिको प्रयोग संगै जिम्मेवार सञ्चारकर्म पहिलो प्राथमिकता रहेको बताउँदै सम्पादक गौतमले भने स्थापनाकालदेखि नै हामी ब्रेकिङ्गमा नभई सत्य तथ्य र निष्पक्ष रूपमा सामाग्री पस्किने जमर्को गरेका छौँ ।
सूचना तथा प्रसारण विभागमा दर्ता नम्बर १७३२ र प्रेस काउन्सिल नेपालमा दर्ता नम्बर ५१८ रहेको हाम्रो खबरपाटी डटकमले झापासहित देश विदेशका समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
