काँकडभिट्टामा पर्यटन विकास र सम्भावनाबारे अन्तरक्रिया
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा पर्यटन क्षेत्रको विकास, सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
a
पर्यटन कार्यालय काँकडभिट्टा, झापाको आयोजनामा तथा अध्यागमन कार्यालय काँकडभिट्टाको समन्वयमा आयोजित कार्यक्रममा पर्यटनविद् आलोक प्रसाईंले ‘वर्तमान सन्दर्भमा पर्यटन क्षेत्रको विकास, सम्भावना र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी चरा अनुसन्धानकर्ता देवेन्द्र खरेलसहित पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता थियो ।
अन्तरक्रियाका क्रममा पूर्वी नेपालको पर्यटन विकासका लागि सीमा नाका, प्राकृतिक सम्पदा, चरा पर्यटन, होमस्टे, धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्द्धनमा जोड दिइएको थियो । सहभागीहरूले काँकडभिट्टालाई पूर्वी नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न आवश्यक रहेको धारणा राखेका थिए ।

सोही अवसरमा नेपाल भ्रमण गरी फर्कंदै गरेकी भुटानकी धनकुमारी गुरुङ र नेपाल भ्रमणमा आएकी अमेरिकी नागरिक जुवी अप्रावोलाई स्वागत गरिएको थियो।
पर्यटन प्रवर्द्धन तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो। सम्मानित हुनेमा प्रेस क्लब मेचीनगर, सुमेरु टुर्स एण्ड ट्राभल्सका सञ्चालक खगेन्द्रप्रसाद सुवेदी, भारतीय सञ्चारकर्मी प्रशान्त आचार्य, सिलिगुडी जर्नालिष्ट क्लब, पर्यटन पत्रकार मञ्च झापा, होटल व्यवसायी प्रशान्त गिरी, होमस्टे सञ्चालक कुशल सापकोटा र मणिराज गुरुङ, लाइफ लाइन टुर्स प्रालिका भुपाल बस्नेत, छितेन शेर्पा रहेका छन्।
पर्यटन कार्यालय काँकडभिट्टाका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सीमा क्षेत्रको पर्यटनलाई व्यवस्थित, प्रभावकारी र अन्तर्राष्ट्रियस्तरमा परिचित बनाउन सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए ।
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
