लैङ्गिक हिंसा प्रतिकार्यसम्बन्धी दुईदिने तालिम सम्पन्न
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच (IGBVRN) अन्तर्गत पुरुष सञ्जालका सदस्य तथा लैङ्गिक हिंसा प्रतिकार्य मञ्चका सदस्यहरूका लागि सञ्चालित दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

भदौ २५ र २६ गते सञ्चालन भएको तालिममा मनोसामाजिक प्राथमिक उपचार (PFA), प्रभावित केन्द्रित दृष्टिकोण तथा पितृसत्ता र सकारात्मक पुरुषत्वसम्बन्धी विषयमा सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो।
तालिमको पहिलो दिनको उद्घाटन सत्र मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोख्रेल उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक सामाजिक सुरक्षा शाखाका प्रमुख जयन्ती खरेलले तालिम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा पुरुष सञ्जालका संयोजक मोहन काजी न्यौपानेले स्वागत मन्तव्य राखेका थियो भने IGBVRN परियोजनाकी लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेतीले तालिमको उद्देश्यबारे प्रकाश पारेकी थिइन्।
तालिमको पहिलो दिन लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, घटना व्यवस्थापक अरुणा चौधरी र मनोसामाजिक परामर्शकर्ता उपेन्द्र राजवंशीले सहजीकरण गरेका थिए । सहभागीहरूलाई समूह छलफल, स्लाइड प्रस्तुतिकरण, खेल विधि, हाजिरीजवाफ तथा अन्तरक्रियामार्फत विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो।

तालिमको दोस्रो दिन रूपा जोशीले सहजीकरण गरेकी tbiy। दुई दिनसम्म सञ्चालन भएको तालिमले लैङ्गिक हिंसा प्रभावित व्यक्तिलाई केन्द्रमा राखेर प्रभावकारी सहयोग तथा सेवा प्रदान गर्न पुरुष सञ्जाल र लैङ्गिक हिंसा प्रतिकार्य मञ्चका सदस्यहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
