बाहुनडाँगी जेसीजको १३ लाखको राहत सामग्री रसुवातर्फ
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ बराबरको राहत सामग्री लिएर रसुवातर्फ प्रस्थान गरेको छ। राहत सामग्री बोकेको जेसीज टोलीलाई मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बिदाइ गरेका छन्।
बाहुनडाँगी जेसीजले गत भदौ १० गते रसुवाका बाढीपीडितका लागि राहत सङ्कलन अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो। सोही अभियानअन्तर्गत विभिन्न व्यक्ति, संस्था तथा संघसंस्थाको सहयोगमा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री सङ्कलन गरिएको हो।
अभियानमा मेचीनगर लेडी जेसीज, बारदर्शी जेसीज र सुरुङ्गा जेसीजले समेत सहयोग गरेका छन्। बाहुनडाँगी जेसीजका निवर्तमान अध्यक्ष नित्यानन्द चौलागाईंको संयोजकत्वमा सुरु भएको अभियानमार्फत सङ्कलित नगद रकमबाट समेत पीडितलाई आवश्यक सामग्री खरिद गरिएको जनाइएको छ।
राहत सामग्री रसुवाको बेत्रावतीसम्म पुर्याइने बाहुनडाँगी जेसीज वर्ष २०२६ का अध्यक्ष निकेशराज दाहालले जानकारी दिए। उनले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा जेसीज शाखाप्रति धन्यवाद व्यक्त गरे।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
