मानव अधिकार तथा शान्ति समाज झापाको सभापतिमा अधिकारी
झापा । मानव अधिकार तथा शान्ति समाज झापा शाखाको सभापतिमा मोहन अधिकारी निर्वाचित भएका छन्। असोज ३० गते सम्पन्न शाखाको साधारण सभाले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
सभाबाट उपसभापतिमा हिमा लुइटेल, सचिवमा प्रेम प्रकाश भण्डारी, सहसचिवमा राकेश प्रसाद शाह र कोषाध्यक्षमा निर्मला रिमाल निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा लक्षेन्द्र यादव, रन्जिता पुरी दाहाल, रेणुका कुँवर, हरि प्रसाद रिमाल, लक्ष्मी परियार र दिवाकर बराल चयन भएका छन्। कार्यसमितिमा थप चार जना सदस्य मनोनित गरिने जनाइएको छ।
यसैगरी, प्रकाश दाहाल, रमेश कुमार दाहाल र खड्ग कुमारी तिम्सिना सल्लाहकार चयन भएका छन्।
केन्द्रीय पर्यवेक्षक तथा संस्थापक सदस्य लिलानाथ खनाल प्रमुख वक्ता रहेको साधारण सभाको अध्यक्षता प्रकाश दाहालले गरेका थिए। निर्वाचन समिति संयोजकमा टिकेन्द्र खनाल रहेका थिए।
सभामा शान्ति समाजका पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला सभापतिहरू तथा आजीवन र साधारण सदस्यहरूको उपस्थिति रहेको थियो।
मानव अधिकारको संरक्षण, शान्ति स्थापना तथा सामाजिक न्यायको प्रवर्द्धनका क्षेत्रमा संस्थाको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षासहित नयाँ कार्यसमिति चयन गरिएको हो।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
