विद्यार्थीलाई मनोसामाजिक स्वास्थ्य र सुरक्षित स्थानबारे सचेतना
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित लैङ्गिक हिंसा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाअन्तर्गत विद्यालयस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
२०८३ भदौ १२ गते धुलाबारी माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० का १०० जना विद्यार्थीलाई लक्षित गरी मनोसामाजिक स्वास्थ्य तथा मेचीनगर नगरपालिकामा रहेका दुईवटा सुरक्षित स्थानसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती र मनोसामाजिक परामर्शकर्ता उपेन्द्र राजवंशीले सहजीकरण गरेका थिए।

सहजीकरणका क्रममा विद्यार्थीहरूलाई मनोसामाजिक स्वास्थ्यको महत्व, मानसिक तथा भावनात्मक स्वास्थ्यमा देखिन सक्ने समस्या, आवश्यक सहयोग तथा परामर्श लिनुपर्ने अवस्था र उपलब्ध सेवाबारे जानकारी प्रदान गरिएको थियो । साथै, नगरपालिकामा रहेका सुरक्षित स्थान र त्यहाँबाट प्राप्त गर्न सकिने सेवाबारे समेत विद्यार्थीहरूलाई जानकारी गराइएको थियो।

कार्यक्रममा मेचीनगर नगरपालिकाका पुरुष सञ्जाल संयोजक मोहनकाजी न्यौपानेले कार्यक्रमको औचित्य र महत्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई लैङ्गिक हिंसा न्यूनीकरण तथा मानसिक र मनोसामाजिक स्वास्थ्यप्रति सचेत रहन आग्रह गरे ।
उनले छात्र र छात्रा दुवैले कुनै पनि प्रकारको हिंसा गर्न नहुने उल्लेख गर्दै कसैले हिंसा गरेको देखेमा सम्बन्धित निकायमा उजुरी गर्नुपर्नेमा जोड दिए ।
विद्यालयस्तरमै विद्यार्थीहरूलाई मनोसामाजिक स्वास्थ्य, लैङ्गिक हिंसा र सुरक्षित स्थानबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्नुका साथै समस्यामा परेका व्यक्तिलाई आवश्यक सहयोग तथा परामर्श सेवासम्म पहुँच पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले सञ्चालन कार्यक्रम धुलाबारी माध्यमिक विद्यालयका ईसीए कोअर्डिनेटर नवराज सुवेदी अध्यक्षता सम्पन्न भएको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
