मेचीनगर–४ : महिलालाई कृषि–पर्यावरणीय खेती तालिम
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना तथा मेचीनगर नगरपालिका–४ वडा कार्यालयको व्यवस्थापनमा यहाँ आयोजित कृषि–पर्यावरणीय प्रणालीमार्फत महिला जीविकोपार्जन तथा सशक्तीकरण चारदिने तालिम आज समापन भएको छ ।
मेचीनगर वडा नम्बर ४ का विभिन्न टोल विकाश संस्थाबाट सहभागी २० जनालाई एग्रोकोलोजी स्पेस्लिष्ट प्रविना श्रेष्ठले प्रशिक्षण प्रदान गरेकी थिइन् ।
तालिमको मुख्य उद्देश्य कृषि–पर्यावरणीय प्रणालीलाई प्रवद्र्धन गर्दै महिलाहरूको आर्थिक, सामाजिक तथा व्यक्तिगत सशक्तीकरण गर्नु रहेको हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टका अध्यक्ष एलिशा माधवि मगरले जानकारी दिइन् ।
सहभागी महिलाहरूलाई गुणस्तरीय बीउ, कम्पोस्ट मल तथा कृषि सम्बन्धी व्यावहारिक तालिम प्रदान गरिएको थियो । यसबाट उत्पादन वृद्धि, वातावरणमैत्री खेती प्रणालीको विकास, माटोको उर्वराशक्ति संरक्षण, जैविक खेतीको प्रवद्र्धन तथा रासायनिक मल र विषादीमा निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमले महिलाहरूको कृषि सीप, उत्पादन क्षमता तथा स्रोतमा पहुँच अभिवृद्धि गर्दै उनीहरूको आत्मनिर्भरता र आत्मविश्वास बढाउने लक्ष्य लिएको छ। यसबाट महिलाहरू परिवारको आम्दानी वृद्धि, खाद्य सुरक्षाको सुदृढीकरण तथा निर्णय प्रक्रियामा थप सक्रिय रूपमा सहभागी हुने विश्वास गरिएको छ ।
दिगो कृषि प्रणालीको विकाससँगै महिलाहरूलाई सक्षम, आत्मनिर्भर र सशक्त बनाउँदै परिवार तथा समुदायको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने तालिम समापन समारोहका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले अपेक्षा गरे ।
कृषि–पारिस्थितिकी एक दिगो कृषि प्रणाली हो जसले प्रकृतिको नियम र स्थानीय स्रोत साधनलाई अधिकतम प्रयोग गर्दछ । हिमाली क्षेत्रमा यसको प्रयोगले माटो संरक्षण, जैविक विविधता, र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा ठूलो मद्दत पु¥याउँछ ।
समापन समारोहका अवसरमा सहभागीहरुलाई वीउबीजा र कृषि सामाग्री समेत प्रदान गरिएको थियो । घनश्याम खनालको अध्यक्षतामा भएको समापन समारोहमा सहभागीकातर्फबाट नैनाकला न्यौपाने, गोपाल प्रधानलगायतले बोलेका थिए ।
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
