निषेधाज्ञाको धज्जी उडाउँदै चारआली खानेपानीको चुनावी कार्यक्रम

चारआली । जिल्ला प्रशासन कार्यालय झापाले जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवधिमा मानिस भिडभाड हुने कुनै पनि कार्य गर्न पाइदैन तर झापाको चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले भने कार्यसमितिको निर्वाचन गर्ने सूचना प्रकासित गरेको छ ।
कारोना संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको धज्जी उडाउँदै चारआली खानेपानी उपभोक्रा समितिले यही जेठ २९ गते मतदान गर्ने गरी चुनावी कार्यक्रम प्रकासित गरेको छ । कार्यसमिति र लेखा समितिको निर्वाचनका लागि निर्वाचन समितिले आज निर्वाचन कार्यक्रम प्रकाशित गरेको हो ।
खानेपानीको कार्यसमितिको कार्यकाल पुरा गरिसकेको र सर्बसम्मत उम्मेद्वार दर्ता हुने गरी राजनितिक सहमतिका भएकाले निर्वाचन कार्यक्रम प्रकाशन गरेको चारआली खानेपानी संस्थाका अध्यक्ष लाल थेबेले बताए । कार्यसमितिको समायावधी ६ महिना थप गरेको समय पनि असार १५ गते सकिने भएकाले बाध्यतामा निर्वाचन कार्यक्रम प्रकाशन गर्नु परेको अध्यक्ष थेबेले बताए ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...