निषेधाज्ञाको धज्जी उडाउँदै चारआली खानेपानीको चुनावी कार्यक्रम
चारआली । जिल्ला प्रशासन कार्यालय झापाले जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवधिमा मानिस भिडभाड हुने कुनै पनि कार्य गर्न पाइदैन तर झापाको चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले भने कार्यसमितिको निर्वाचन गर्ने सूचना प्रकासित गरेको छ ।

कारोना संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको धज्जी उडाउँदै चारआली खानेपानी उपभोक्रा समितिले यही जेठ २९ गते मतदान गर्ने गरी चुनावी कार्यक्रम प्रकासित गरेको छ । कार्यसमिति र लेखा समितिको निर्वाचनका लागि निर्वाचन समितिले आज निर्वाचन कार्यक्रम प्रकाशित गरेको हो ।
खानेपानीको कार्यसमितिको कार्यकाल पुरा गरिसकेको र सर्बसम्मत उम्मेद्वार दर्ता हुने गरी राजनितिक सहमतिका भएकाले निर्वाचन कार्यक्रम प्रकाशन गरेको चारआली खानेपानी संस्थाका अध्यक्ष लाल थेबेले बताए । कार्यसमितिको समायावधी ६ महिना थप गरेको समय पनि असार १५ गते सकिने भएकाले बाध्यतामा निर्वाचन कार्यक्रम प्रकाशन गर्नु परेको अध्यक्ष थेबेले बताए ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

