जमरकट्टेलको निधनमा प्याब्सन झापाद्वारा शोक विदा घोषणा
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले जिल्ला कार्यसमिति सदस्य तथा देवभूमि विद्यापीठ अङ्ग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल सुमन शर्मा जमरकट्टेलको असामयिक निधन प्रति गहिरो दुःख व्यक्त गर्दै शोक विदा घोषणा गरेको छ।
प्याब्सन झापाले जारी गरेको विज्ञप्तिअनुसार संगठनमा उहाँले पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरूप साउन ८ गते शुक्रबार प्याब्सन झापा अन्तर्गतका सम्पूर्ण सदस्य विद्यालयहरूमा नर्सरीदेखि कक्षा १२ सम्मको पठनपाठन बन्द गरी शोक विदा दिने निर्णय गरिएको हो।
विज्ञप्तिमा स्वर्गीय जमरकट्टेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, उहाँको आत्माको चिरशान्तिको कामना गर्दै सबै सदस्य विद्यालयहरूलाई शोक विदा कार्यान्वयन गर्न अनुरोध गरिएको छ।

मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...


