रतुवामा जस्तै निन्दा , बिरिङ र कन्काई नदीमा पनि आर्क पुल
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र कन्काई नदीमा पनि आर्क पुल निर्माण हुने भएको छ ।
आकर्षक आर्क पुल निर्माण गर्नका लागि अहिले फ्याक्ट्रीमा स्टीलको काम चलिरहेको काँकडभिट्टा– लौकही सडक आयोजना पूर्वी खण्डले जनाएको छ । चौथो प्याकेजअन्तर्गत ३०० मिटरभन्दा लामा तीनवटा पुलहरु निन्दा , बिरिङ र कन्काईको ठेक्का लगाइएको थियो । ५ अर्ब ९७ करोड रुपैयाँमा कोभेक–क्रेजसी–टुन्डी जेभीले ती तीनवटा पुलको ठेक्का पाएका हुन् ।
अहिलेसम्म पुलहरुको प्रगति ३१ प्रतिशत पुगेको पूर्वी खण्डले जनाएको छ । रतुवा पुलको जस्तो ती तीनवटा खोलामा आर्क पुल निर्माण हुने र स्टीलको काम शुरु हुनेबित्तिकै प्रगति थपिने छ ।
त्यस्तै एसियन हाइवेको काँकडभिट्टा– लौकही सडकको पूर्वी खण्डको संझौता सकिन दुई महिना बाँकी रहँदा सडक निर्माणको आधा काम पूरा भएको छ । अहिलेसम्म ५१.३ प्रतिशत सडक निर्माणको काम पूरा भएको हो । तीन वर्षे ठेक्का संझौता अनुसार दुई वर्ष १० महिना बितिसक्दा मात्र ५१.३ प्रतिशत काम भएको हो ।
काँकडभिट्टादेखि केर्खा सितापुरीसम्मको ४५ किलोमिटर सडक एभ्रास्कोन– कालिका जे.भी.ले १० अर्ब ६ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । उनीहरुले २०८० माघ १९ गतेदेखि काम शुरु गरेका थिए । दुवै ठेक्काको संझौता मिति २०८० कात्तिक २ गते र निर्माण सम्पन्न गर्नुपर्ने मिति कार्य प्रारम्भ मितिबाट ३ वर्षभित्र अर्थात २०८३ कात्तिक १ गते रहेको छ ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
