मेचीनगरमा आगलागी: ४२ लाख बराबरको क्षति
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान स्थानीय चुडामणि गुरागाईंको एकतले टिनको छानो र काठको बेराले बनेको चार कोठे घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट घरमा रहेका सुन, चाँदी, नगद, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा तथा अन्य घरायसी सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा मेचीनगर नगरपालिकाका दुई वटा दमकलको संयुक्त प्रयासमा बिहान करिब ११:४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीको थप अनुसन्धान भइरहेको छ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
