इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कपको हिसाब सार्वजनिक
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट रु. १ लाख ५० हजार बचत भएको छ ।
आज प्रेस क्लब मेचीनगरको कार्यालयमा प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरिएकाे हो ।
सार्वजनिक गरिएको विवरण अनुसार प्रतियोगिताबाट कुल रु. ७ लाख ५७ हजार ८ सय आम्दानी भएको थियो भने रु. ६ लाख ७ हजार ८ सय खर्च भएको जनाएको छ ।
गत पुस २७ र २८ गते झापाको काँकडभिट्टामा सम्पन्न प्रतियोगितामा नेपालका ६ वटा तथा भारतका २ वटा प्रेस क्लबको सहभागिता रहेको थियो । फाइनल खेलमा भारतको तराई प्रेस क्लब दार्जिलिङले भद्रपुर प्रेस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । भद्रपुर प्रेस क्लब उपविजेता बनेको थियो ।
नेपाल–भारत सीमावर्ती क्षेत्रका सञ्चारकर्मीबीच मित्रता, सहकार्य तथा खेलकुदमार्फत सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रेस क्लव मेचीनगरका सचिव प्रवीण अधिकारीले जानकारी दिए । साथै बचत रकम आगामी पत्रकारिता, खेलकुद तथा सामाजिक कार्यक्रमहरूमा उपयोग गरिने जानकारी दिइएको छ ।
प्रेस क्लव मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन कार्यक्रममा स्वागत उपाध्यक्ष खगेन्द्र घिमिरे र सञ्चालन सचिव प्रवीण अधिकारीले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
