किरात याक्थुङ चुम्लुङ मेचीनगर–१३ को वार्षिक साधारण सभा
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३ को १९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। शनिवार किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३ को १९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष वीर बहादुर बेघा रहेका थिए ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व अध्यक्ष तथा जग्गादाता खबिन बहादुर थेबे को उपस्थिति रहेको थियो। अतिथिहरूमा संस्थापक अध्यक्ष आर। बि। पालुङ्वा, किरातेश्वर माङ्हिमका अध्यक्ष अर्जुन थेबे, सल्लाहकारहरू मोहन चोङ्बाङ, मिलन मेन्याङ्बो तथा मैतराज बोखिम लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन सचिव मानध्वज नेयोङ ले गरेका थिए, भने स्वागत मन्तव्य उपाध्यक्ष भिमा लिम्बू ले गरेकी थिइन्। यस अवसरमा SEE परीक्षामा उत्कृष्ट 3.66 GPA ल्याउन सफल सोनिहाङ्ममा बेघा लाई सम्मान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले किरात समुदायको भाषा, संस्कृति तथा पहिचान संरक्षणमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए। कियाचु मेचीनगर–१३ का अध्यक्ष दुर्गाधन मेन्याङ्बो सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
