सन्तोष आचार्यले त्यागे एमाले, भ्रष्टाचारविरुद्ध संघर्षमा सक्रिय हुने घोषणा
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्यले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० परित्याग गरेका छन्।
सोमबार सार्वजनिक वक्तव्य जारी गर्दै आचार्यले अब उप्रान्त एमालेमा आबद्ध नरहने घोषणा गरेका हुन्। उनी एमालेको खानेपानी विभागका सदस्यसमेत रहेका थिए।
पार्टी परित्यागसँगै आचार्यले आफू अब एक जिम्मेवार नागरिकका रूपमा श्रमजीवी जनताको भावना, आकांक्षा र जनजीविकासँग जोडिएका मुद्दाहरू उठाउँदै अघि बढ्ने बताएका छन्। समाज रूपान्तरणको अभियान तथा भ्रष्टाचारविरुद्धको संघर्षमा सक्रिय रूपमा लागिरहने उनको प्रतिबद्धता छ।
आचार्यले पार्टीमा रहँदा साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै पार्टीमै रहने साथीहरूलाई सफलताको शुभकामना दिएका छन्।

चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
