मेचीनगर : धुलाबारीमा करोडौंको लगानीमा जिम हाउस
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस मेसिनहरूले सुसज्जित ‘त्जभ क्ष्चयलष् ह् ँष्तलभकक’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। युवा उद्यमशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै ३० वर्षीय फिरदोश अन्सारीले करिब १ करोड ७ लाख रुपैयाँ लगानीमा यो जिम स्थापना गरेका हुन्।
उद्घाटन समारोहका प्रमुख अतिथि डा। शरद चन्द्र राईले रिवन काटेर जिमको उद्घाटन गरेका थिए। उनले युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने यस्ता प्रतिष्ठान आवश्यक रहेको उल्लेख गर्दै अन्सारीले गरेको लगानी प्रशंसनीय रहेको बताए।
जिममा एसी, आकर्षक लाइटिङ, अत्याधुनिक फिटनेस मेसिन, कार्डियो जोन, स्ट्रेन्थ ट्रेनिङ सेटअपलगायत सबै आधुनिक सुविधाहरू उपलब्ध छन्। जिमका सञ्चालक अन्सारीका अनुसार फिटनेसमा रुचि बढिरहेका बेला धुलाबारीमा गुणस्तरीय सेवा दिने उद्देश्यले यो परियोजना सुरु गरिएको हो।
उद्घाटन कार्यक्रममा धुलाबारी तथा आसपासका फिटनेसप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो। जिममा तालिमप्राप्त ५ जना पेशेवर प्रशिक्षक रहनेछन्, जसले व्यक्तिगत मार्गदर्शन, ट्रेनिङ योजना र डाइट सल्लाह सेवा उपलब्ध गराउनेछन्।
सञ्चालक अन्सारीका अनुसार नियमित जिम तथा व्यायामले शारीरिक तौल नियन्त्रणमा राख्न मद्दत गर्ने, मांसपेशी मजबुत बनाउने र स्टामिना बढाउने,
मानसिक तनाव घटाउने र आत्मविश्वास अभिवृद्धि गर्ने, हृदय स्वास्थ्य सुधार गर्ने, हड्डी तथा जोर्नीलाई बलियो बनाउने, दीर्घकालीन रोगहरूको जोखिम कम गर्ने तथा अनुशासन र स्वस्थ जीवनशैली विकासमा सहयोग गर्ने जस्ता महत्वपूर्ण फाइदाहरू रहने छन्।
सञ्चालन पक्षका अनुसार ‘The Ironi X Fitness’ जिम बिहान ४स्३० बजेदेखि राति ८स्३० बजेसम्म सञ्चालन हुनेछ। अन्सारीले आधुनिक, सुरक्षित र व्यवस्थित वातावरणमा फिटनेस सेवा उपलब्ध गराउँदै धुलाबारी क्षेत्रमा जिम संस्कृतिलाई थप व्यावसायिक बनाइने बताएका छन्।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
