क्याम्ब्रिजको ११ औं बार्षिकोत्सबमा शिक्षाको कुरा
इटाभट्टा । ११ वर्ष पूरा गरेको अवसर पारेर झापाको मेचीनगर(७ स्थित क्याम्ब्रिज अङ्ग्रेजी बोर्डिङ स्कुलले सोमबार बार्षिकोत्सब मनाएको छ । ससाना विद्यार्थीले वर्षभरी आर्जन गरेको सीप र ज्ञानलाई नृत्य, भाषण तथा विभिन्न कलाको माध्यमबाट समारोहमा प्रस्तुत गर्दै ११ औं बार्षिकोत्सब मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर पालिकाका पुर्वमेयर बिमल आचार्यले उद्घाटन गरेपछि सञ्चालनमा आएको वार्षिकोत्सबमा प्रमुख अतिथि आचार्यले गुणस्तरीय शिक्षाले मात्रै समाज र राष्ट्रको उपयुक्त विकास गर्नसक्ने बताए । उनले आधुनिक समयमा पनि २०२८ सालको शिक्षा नियमावलीलाई शंसोधन गर्दै नयाँ शिक्षा नियमावली ल्याउनुपर्नेमा जोड दिए । विद्यार्थीलाई कस्तो बनाउने हो, पहिलो अभिभावक र दोस्रो गुरुहरुको भुमिकामा भरपर्ने प्रमुख अतिथि आचार्यको भनाई थियो । ख्यातिप्राप्त स्कुलले अभिभावकसँग सहकार्य गरेर मात्रै अघि बढेको पाइन्छ, त्यसैले यो स्कुलले पनि शिक्षक, विद्यार्थी र अभिभावकसँग सहकार्य गरेर अघि बढ्ने हो भने अवश्य स्कुलले लिएको अपेक्षा हासिल गर्दछ, उनले भने ।
कार्यक्रममा बिशिष्ट अतिथि मेचीनगर वडा नम्बर ७ का अध्यक्ष प्रल्लादमणि ओलीले आफ्नो वडामा ३ वटा सामुदायिक विद्यालय रहेको र ती सामुदायिक विद्यालयले प्रदान गरिने शिक्षाकै कारण विद्यार्थीको संख्या कमजोर भएको उल्लेख गरेका थिए ।
उनले वडाकै पहलमा तीन वटामध्ये एउटा अरनिको माबिमा अङ्ग्रेजी माध्यममा पठनपाठन गर्न सुरु गरेको जानकारी दिए । विद्यार्थी किन आफ्नो स्कुलमा आउदैनन् भन्ने प्रश्न आफुलाई नै पहिले गर्ने होभने विद्यार्थीको संख्या नघट्ने वडाध्यक्ष ओलीको प्रस्टौति थियो ।पहिलो शिक्षक भनेको अभिभावक हो । विद्यालयमा पुगेर शिक्षकले पढाएको निरीक्षण गर्नुपर्छ । दोस्रो गुरु शिक्षक/शिक्षिका हुन् वडाध्यक्ष ओलीले भने ।
अर्जुन राजबंशीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सबमा पत्रकार सन्तोष आचार्य, मेचीनगर प्रेस क्लबका सचिव प्रबिण अधिकारीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, ब्यवसायीद्वय शकर थापा, विकास देवकोटा, नेत्रप्रसाद पौडेल, पत्रकार प्रकाश उप्रेती स्वास्थ्यकर्मी रामबहादुर लिम्बू लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...

