बदलिएको कांग्रेसले सुशासन र समृद्धि ल्याउँछ : उम्मेद्वार पाण्डे
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका मतदाताले आइतबार आफनो क्षेत्र विकासको दृष्टिले पछाडि परेको गुनासो पोखे । सो क्षेत्रका मतदाताहरुसँग भेटघाटकोलागि पुगेका प्रतिनिधि सभाका उम्मेद्वार केशवराज पाण्डेलाई उनीहरुले एउटै स्वरमा भने, ‘हाम्रो तीन वटा माग छ । भरपर्दो सिँचाईको प्रवन्ध, रोजगारी र सडक निर्माण हाम्रो माग हो, इमान्दार र विकासप्रेमी उम्मेद्वारलाई हाम्रो समर्थन हुन्छ ।’
‘हाम्रो जीवन जिउने आधार निन्दा खोला हो, उनीहरुले भने, ‘रोजगारीको अवसर नहुँदा निन्दा खोलामा गिटी बलुवा चालेर जीवन चलाउनु परेको छ ।’ भरर्दौ सिँचाइको प्रवन्ध नहुँदा खेती योग्य जमिन बाँझै हुने गरेको भन्दै उनीहरुले सिँचाईको प्रवन्ध समेत गरिदिन आग्रह गरे । आफनो क्षेत्रमा कालोपत्रे सडक निर्माणको लागिसमेत पहल गरिदिन गरिदिन उनीहरुको आग्रह थियो ।
जनगुनासोलाई सम्बोधन गर्दै उम्मेद्वार पाण्डेले विकास सुशासन र समृद्धिकोलागि सुधारिएको कांग्रेसलाई विश्वास गरेर मत दिन आग्रह गरे । ‘कांग्रेस युवाहरुको भावना अनुसार रुपान्तरित भएको छ’, उनले भने, ‘बदलिएको कांग्रेसले सुशासन र समृद्धि ल्याउने छ । उनले आफू स्थानीय र विकास प्रेमी भएकोले जवाफदेही भएर काम गर्ने बताउँदै आँफूलाई अत्यधिक मतले विजयी गराउन समेत आग्रह गरे ।
‘मैले यो समाज र भूगोललाई बुझेको छु’, उनले भने, म टाढाको मान्छे होइन, बाँच्दाको जन्ती र मर्दाको मलामी भएर तपाईँहरुको दुः ख सुखमासँगै छु, त्यसैले मलाई भोट दिएर विजयी गराउनु होस । म तपाईँहरुको विश्वास र भरोशालाई शिरमा राखेर काम गर्ने छु ।’
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
