आजबाट तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता आजबाट सुरू हुदै छ । ‘स्वास्थ्य, अनुशासन, लगनशीलता— खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता’ नारासहित काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरद्वारा आयोजित तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता मंसिर २२ गतेदेखि आज काकरभिट्टा खेल मैदानमा सुरू हुने भएको हो ।
आयोजक संस्थाका अध्यक्ष नवराज ओलीका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रति रुचि, अनुशासन तथा प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य राखिएको छ। उनका अनुसार मेचीनगर क्षेत्रका विद्यालयहरूलाई एकै थलोमा प्रतिस्पर्धामा उतारेर प्रतिभावान खेलाडी पहिचान तथा उन्नत प्रशिक्षण अवसर उपलब्ध गराउने उद्देश्य पनि प्रतियोगिताले बोकेको छ।
प्रतियोगितामा नगरका विभिन्न कुल १२ विद्यालय सहभागी रहेका छन्। मंसिर २९ गते हुने फाइनल खेल मार्फत प्रतियोगिता सम्पन्न हुनेछ । प्रतियोगिता काकरभिट्टा खेल मैदानमै सञ्चालन हुँदैछ। उत्कृष्ट खेल देखाउने टोली र खेलाडीलाई उपयुक्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। अध्यक्ष ओलीले यस्ता प्रतियोगिताले खेलकुदमै भविष्य बनाउने बालक–बालिकाको मनोबल उच्च बनाउनेमा आफूहरू विश्वस्त रहेको बताए।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
