मितेरीले ल्यायो काठमाडौंसम्म सुतेर जान मिल्ने यात्रुबस
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने सिल्पर सिटसहितको प्रविधि मैत्री थप दुईवटा बस आजदेखि सञ्चालनमा ल्याएको छ । मितेरी यातायात एण्ड अटो प्रालिले शुक्रबार चारआली स्थित पाउ पाथिभरा मन्दिरमा पूजा गरेर विरामी सुतेर यात्रा गर्न मिल्ने अत्याधुनिक प्रविधि मैत्री बस सञ्चालनमा ल्याएको हो ।
यात्रुहरूका लागि काँकरभिट्टादेखि काठमाडौंसम्म ४ वटा सिटमा सुतेर आरामले यात्रा गर्न मिल्ने सिल्पर सिटसहितको ४१ वटा सोफासिट, सिसि क्यामेरा, वाईफाई, वातानुकुलित, हिटर लगायतका सुविधाहरु रहेका छन् ।
बिर्तामोडमा मुख्य कार्यालय रहेको पूर्वी हिमाल यातायात प्रालिका अध्यक्ष समेत रहेका मितेरी यातायात एण्ड अटो प्रालिका सञ्चालक सदस्य हेमराज दाहालले मितेरीका ३० वटा बढी गाडीहरू देशका कुना काप्चासम्म यात्रु वर्गलाई सेवा दिईरहेको जानकारी दिए ।

यात्रुको ढिकिमा राखिएका सामानहरू साटिने, हराउने सम्भावनालाई मध्येनजर गरेर गाडीको सबैतिर सुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको दाहालले बताए ।
उक्त बस काँकरभिट्टा, बिर्तामोड र ईलामदेखि काठमाडौं, धनगढी, नेपालगञ्ज, भैरहवा, बुटवल, पोखरा, भोजपुर, थेह्रथुम, संखुवासभा, विरगंज लगायत सबै ठाउँमा यात्रुहरूलाई सुविधा प्रदान गरिएको बताईएको छ ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
