इस्ट होराइजनका पूर्वविद्यार्थीले गरे धुलाबारी इप्रकाको पुनर्निर्माण
धुलाबारी । इस्ट होराइजन अंग्रेजी मावि धुलाबारीका पूर्व विद्यार्थीहरुको संस्था इस्ट होराइजन अलुम्नाइ सोसाइटीले क्षतिग्रस्त प्रहरी भवनको झ्याल निर्माण गरिदिएको छ ।
जेनजी आन्दोलनका क्रममा तोडफोड गरेर काम नलाग्ने बनाइएको इलाका प्रहरी कार्यालय धुलाबारीको कार्यालय भवन तथा अन्य भवनको झ्यालको पुनर्निर्माण सोसाइटीले गरिदिएको हो ।
आज एक कार्यक्रमका बीच सोसाइटीले झ्याल हस्तान्तरण गरेको छ । झ्यालको निर्माण आजै सम्पन्न भएको सोसाइटीका अध्यक्ष भूमि पौडेलले जानकारी दिए ।
करिब एक लाख रुपैयाँको लागतमा प्रहरी कार्यालयको झ्यालको पुनर्निर्माण गरिएको हो । विद्यालयका पूर्वविद्यार्थीहरुबाट संकलन गरिएको सहयोग रकमले झ्याल निर्माण गरिएको सोसाइटीका महासचिव हिमाल खरेलले बताए ।
हस्तान्तरण कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले विद्यार्थीबाट संकलन गरिएको रकमबाट सुरक्षाजस्तो संवेदनशील पक्षमा काम गरिएकोमा खुसी व्यक्त गरे ।
चाडपर्वको मुखमा सुरक्षा दिने निकायकै असुरक्षित देखिएपछि सोसाइटीले प्राथमिकतामा राखेर प्रहरी कार्यालय धुलाबारीको झ्यालको सबै सेट नयाँ लगाइदिएको अध्यक्ष पौडेलले बताए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



