मेयरको नेतृत्वमा मेचीनगरका जनप्रतिनिधि नगरपालिका प्रवेश
मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहितको ८० जना जनप्रतिनिधिहरुको टोली नगरपालिका प्रवेश गरेका छन् ।
आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती नेतृत्वको जनप्रतिनिधिको टोलीले जनतालाई कसरी सेवा दिन सकिन्छ भनेर छलफल भएको छ ।
नगरसभा हलमा आयोजित छलफलमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, वडाध्यक्षहरु ९ नम्बर का कञ्चनकुमार तामाङ, ७ का प्रलादमणि ओली, १३ का कृष्णराज सिग्देल, १५ का गुणराज भट्टराई (राजन) लगायतले यही भदौ २३ र २४ गतेको आन्दोलनबाट सीर्जित समस्याका विषयमा घनिभूत छलफल भएको थियो ।
नगरपालिका, वडा कार्यालय र जनप्रतिनिधि तथा कर्मचारीहरुका भवनहरु ध्वास्त भएकाले भौतिक संरचना, विद्युतीय सामग्री, आवश्यक कागजात, कार्यसञ्चालनलाई कसरी सहज बनाएर जनतालाई कसरी सेवा दिन सकिन्छ भनेर छलफल भएको थियो ।

‘देशमा कानुन छ’, नगरप्रमुख बुढाथोकीले भने–‘कानुनी उपाय खोज्छौँ । आन्दोलनको राप केहिदिनमा हटेपछि पत्रकार सम्मेलन गरेर जनप्रतिनिधि र कार्यालयको धारणा सार्वजनिक गर्छौँ ।’
अहिले तत्काललाई कार्यालय मार्फत क्यान्सर पीडित, स्वास्थ्य सेवा लगायत अत्यावश्यक विषयमा सिफारिस गरिने बुढाथोकीले जानकारी दिए ।
उपप्रमुख उप्रेतीले जेनजी आन्दोलनका नाममा अराजक समूहहरुले गरेको तोडफोड, आगजनी र लुटपाटका विषयमा छानविनका लागि पहल गरिने बताइन् ।
वडाध्यक्षहरुले जनताको काममा दिनरात नभनी खटिरहेका जनप्रतिनिधिहरुलाई भ्रष्टाचारको विल्ला भिडाउनु र ज्यान मार्ने धम्की दिनु गलत भएको बताएका थिए । मेचीनगर–२, ४ र १० नम्बरका वडाध्यक्षहरुलाई ज्यान मार्ने सम्मको धम्की आएको छ ।
जेनजी आन्दोलनका नाममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, वडाध्यक्षहरुका घरहरु समेत तोडफोड र आगजनी गरेका छन् । छलफलको सहजीकरण वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका थिए ।
आजै नगरपालिकामा तोडफोड र आजगनीमा क्षति भएका सामानहरुको मुचुल्का गर्ने काम सुरु भएको छ ।
विद्यार्थीलाई मनोसामाजिक स्वास्थ्य र सुरक्षित स्थानबारे सचेतना
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर–४ : महिलालाई कृषि–पर्यावरणीय खेती तालिम
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगरमा ‘दोस्रो आदर्श इण्डो कराते खुल्ला प्रतियागिता’ हुने
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टामा पर्यटन विकास र सम्भावनाबारे अन्तरक्रिया
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
‘प्रमाणबिना दोषी नठहर्याऊँ, प्रहरीको मनोबल नखसालौँ’
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
आठौं वर्ष पूरा गर्दै नवौं वर्षमा प्रवेश गर्यो ‘हाम्रो खबरपाटी’
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
लैङ्गिक हिंसा प्रतिकार्यसम्बन्धी दुईदिने तालिम सम्पन्न
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...