झापामा सवारी दुर्घटना, वृद्धको मृत्यु

झापा । झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत बुधबार राति भएको सवारी दुर्घटनामा भद्रपुर नगरपालिका–६ भानुचोकका ५९ वर्षीय राम श्रेष्ठको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्गमा भएको दुर्घटनामा प्र।३।०२।००७ प ६०९० नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको हो ।
मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । इलामाबाट घर फर्कदै गरेका उनी सवार मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...

काँकरभिट्टा । काँकरभिट्टा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको...