दर्ताका लागि सम्पर्कमा आयो फेसबुक
झापा । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एकजना कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेको हुन् ।
उनले लगत्तै दर्ता तथा सूचीकरणका लागि चाहिने विवरणको इमेल मेटा कम्पनीलाई पठाइएको बताए ।
ठाकुरले भने, ‘मेटाको सिंगापुरमा कार्यरत एक जना कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि के के डकुमेन्ट चाहिन्छ भनेर जानकारी माग्नुभएको रहेछ । मन्त्रीज्यूको पीएले हामीलाई दर्ता तथा सूचीकरणका लागि चाहिने विवरण पठाइदिन भन्नुभएपछि हामीले तत्काल इमेल गरेर ५ मिनेटमा आवश्यक पर्ने विवरणबारे इमले पठाइसकेका छौ ।’ मन्त्रालयले अघि साँझ ५ बजेति इमेल गरेको प्रवक्ता ठाकुरको भनाई छ ।
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...
मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...


