काँकरभिट्टा माविको अध्यक्षमा भुपाल शिवाकोटी
काँकरभिट्टा । काँकरभिट्टा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भुपाल शिवाकोटी चयन भएका छन् । आज समितिका सदस्यहरुको बैठकले शिक्षासेवी भुपाल शिवाकोटीलाई समितिको अध्यक्ष पदमा चयन गरेको हो ।
अभिभावकहरुको गत भदौ ८ गते सम्पन्न भेलाबाट रामबहादुर दर्जी, निर्मला राई, लोकबहादुर कटुवाल र गीता गिरी समितिको सदस्य रहनेगरी अभिभावक प्रतिनिधि चयन भएका थिए ।
वडा अध्यक्ष ललित तामाङ र विद्यालयका प्रधानाध्यापक देबेन्द्र निरौला क्रमशः पदेन सदस्य र सदस्य सचिव हुने व्यवस्था छ ।

अभिभावक प्रतिनिधिसहितको समितिका सदस्य तथा प्रतिनिधिहरुको बैठकले शिक्षासेवी भुपाल शिवाकोटी र राधा कार्कीलाई समितिको सदस्यमा मनोनित गरेको थियो ।
सदस्यहरुको बैठकले आज समितिलाई पूर्णता दिदै अध्यक्ष पदमा भुपाल शिवाकोटीलाई चयन गरेको हो । शिक्षक प्रतिनिधि छनोट हुन बाँकी छ ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
