काँकरभिट्टा माविको अध्यक्षमा भुपाल शिवाकोटी
काँकरभिट्टा । काँकरभिट्टा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भुपाल शिवाकोटी चयन भएका छन् । आज समितिका सदस्यहरुको बैठकले शिक्षासेवी भुपाल शिवाकोटीलाई समितिको अध्यक्ष पदमा चयन गरेको हो ।
अभिभावकहरुको गत भदौ ८ गते सम्पन्न भेलाबाट रामबहादुर दर्जी, निर्मला राई, लोकबहादुर कटुवाल र गीता गिरी समितिको सदस्य रहनेगरी अभिभावक प्रतिनिधि चयन भएका थिए ।
वडा अध्यक्ष ललित तामाङ र विद्यालयका प्रधानाध्यापक देबेन्द्र निरौला क्रमशः पदेन सदस्य र सदस्य सचिव हुने व्यवस्था छ ।

अभिभावक प्रतिनिधिसहितको समितिका सदस्य तथा प्रतिनिधिहरुको बैठकले शिक्षासेवी भुपाल शिवाकोटी र राधा कार्कीलाई समितिको सदस्यमा मनोनित गरेको थियो ।
सदस्यहरुको बैठकले आज समितिलाई पूर्णता दिदै अध्यक्ष पदमा भुपाल शिवाकोटीलाई चयन गरेको हो । शिक्षक प्रतिनिधि छनोट हुन बाँकी छ ।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
