इस्ट होराइजन र चीनको झाङझाउ कलेजबीच भगिनी सम्बन्ध

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले चीनको फुजियान राज्यस्थित झाङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीसँग भगिनी सम्बन्धको रुपमा सहकार्य गर्ने भएको छ ।
विद्यालयमा वुधवार आयोजित पत्रकार सम्मेलनमार्फत झाङझाउ कलेज र इस्ट होराइजनबीच विश्वस्तरीय शिक्षा र व्यावसायिक सीप अभिवृद्धिमा जोड दिँदै सहकार्य गरिएको जानकारी दिइयो ।
विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले चीनको विद्यालयसँग जोडिएर संयुक्त रूपमा पाठ्यक्रम निर्माण गर्ने प्रमुख उद्देश्य रहेको जानकारी दिए ।
त्यस्तै, शिक्षक तथा प्राध्यापक क्षमता विकास, विद्यार्थी आदानप्रदान कार्यक्रम, उद्योग–अनुरूप व्यावसायिक तालिम लगायतका विषयमा दुई शैक्षिक प्रतिष्ठानबीच सहकार्य गरिने राईले जानकारी दिए ।
त्यस्तै, कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले चियासम्बन्धी ज्ञानलाई स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यवस्थित रूपमा अध्ययन र अभ्यास गर्ने अवसर पाउने विद्यालयले जनाएको छ ।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले विभिन्न देशका परम्परा, संस्कार र चिया पिउने सांस्कृतिक दृष्टिकोणबारे अध्ययन गर्नेछन् ।
चिया उत्पादनपछि हुने प्रोसेस सम्बन्धी अध्ययन, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन ब्रान्डिङ रणनीति, प्याकेजिङ डिजाइन र प्रचार–प्रसारको सीप सिक्ने बताइएको छ ।
स्थानीय चियाको बजार प्रवर्धन तथा प्रोत्साहन, विद्यार्थीहरूले आफ्नै देश वा क्षेत्रको चियालाई आकर्षक बनाउने र बजार विस्तार गर्ने विषयमा अभ्यास गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । त्यस्तै, अन्तर्राष्ट्रियस्तरको ल्याब अध्ययन, गुणस्तर परीक्षण, स्वाद पहिचान, सुगन्धको वैज्ञानिक विश्लेषण, नयाँ प्रजाति विकास र आधुनिक परीक्षण उपकरणहरूको अनुभव लिनेछन् ।
कार्यक्रमअन्तर्गत नै दुई देशबीचका विद्यार्थीबीच संस्कार र संस्कृति आदानप्रदान हुने विश्वास लिइएको विद्यालयका शिक्षक महेश खड्काले जानकारी दिए । कार्यक्रमले प्राविधिक ज्ञानका साथै दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने अवसर पनि प्रदान गर्ने खड्काले बताए ।
यसैबीच, विद्यालय आफैँले निर्माण गरेको तीजविशेष भिडियो पनि सार्वजनिक गरिने पत्रकार सम्मेलनमा नृत्य निर्देशक दिवस गिरीले जानकारी दिए । आपसी सद्भाव बढाउने उद्देश्यसाथ यही शुक्रबार तीजको अवसरमा विद्यालयका शिक्षिकाशरुबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...