ईटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार लाग्ने
मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि साप्ताहिक हाट बजार लाग्ने भएको छ । मंगलबार ईटाभट्टा हाट बजार व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बुधबारदेखि साप्ताहिक रूपमा हाट बजार लाग्ने जानकारी गराएको हो ।
समितका अध्यक्ष खडानन्द भण्डारीले धुलाबारी बजार भारतको पानीट्याङ्की बजार बन्द हुने भएकोले मेचीनगरको ८, ६ र ७ का नागरिकहरूलाई सहज र स्थानीय अर्गानिक बस्तुको बिक्री वितरणका लागि साप्ताहिक हाट बजार सुरू गर्न लागिएको बताए ।
मेचीनगर नगरपालिकाले वडा नम्बर ७ को कार्यालयको पछाडि पटिको ५ कठ्ठा जग्गा खरिद गरेर सात वर्षअघि टहरा बनाएर राखेको थियो । पत्रकार सम्मेलनको प्रमुख अतिथि वडाध्यक्ष प्रलादमणि ओलीले वडा नम्बर ७ र ८ मा उत्पादन भएका स्थानीय उत्पादनलाई प्राथमिकता दिने उदेश्यले हाट बजार स्थापना गरिएको बताए ।
उनका अनुसार हाट बजारमा स्थानीय कृषकले ढाकी, नाङ्लामा बेच्न ल्याउने अर्गानिक तरकारीहरू बिक्रीका लागि राखिने छ । हाट बजारको टहरामा करिव एक सय जना स्थानीय व्यापारीले अर्गानिक पसल राख्न सक्ने बताएको छ ।
बुधबार उक्त साप्ताहिक हाट बजारको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नेछन् ।
कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतको सहभागिता रहनेछ । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार प्रकाश पौडेलले गरेका थिए ।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
