लिंकन मन्टेश्वरीमा लाखे आएपछि…………
बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिंकन मन्टेश्वरी स्कुलमा लाखे नाच प्रस्तुत गरिएको छ । मंगलवार स्कुल परिसरमा लाखे नाच देखाइएको हो ।
नेवारी समुदायसँग समन्वय गरेर लाखे नाच देखाइएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले लाखे नाच देखाइएको अध्यक्ष ओझाले जानकारी दिए ।

सानै उमेरमा साहित्य, संस्कृति, परम्परा र मौलिकताका कुरा बालबालिका लाई ब्यबहारिक रुपमा देखाएर सिकाउदा उनिहरुमा रचनात्मक हौसला मिल्ने भएकाले सो कार्यक्रम गरिएको बताईएको छ । केही दिन अगाडि जिल्ला स्तरीय लाखे नाच प्रतियोगितामा प्रथम स्थान हासिल गरेको सो लाखे नाच बिधालयमा देखाईएको हो । उक्त अवसरमा विद्यार्थीसहित अभिभावक र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

लिंकन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलका अनुसार विद्यार्थीहरूलाई हौसला प्रदान गर्नका लागि यस्ता प्रकारका कार्यक्रमहरु महत्वपूर्ण हुने बताए । उनले लिंकन मन्टेश्वरी स्कुलमा यस्ता किसिमका कार्यक्रमसँगै बालमैत्री वातावरणमा पठनपाठन भइरहेको बताएका छन् । लिंकन मन्टेश्वरी स्कुलले प्रत्येक वर्ष विद्यार्थीको क्षमता विकासका लागि विभिन्न कार्यहरू गर्दै आएको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
