रीता राजबंशीको दुवै मृगौला खराव भएपछि उपचार खर्च अभाव
मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी दुवै मृगौला खराव भएपछि बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचार गरिरहेकी छन् ।
४० वर्षीया रीताको दुवै मृगौला खराव भएपछि उपचारका लागि खर्च अभावमा अस्पतालको वेडमा छट्पटाइरहेकी छन् ।
रीताका ससुरा बुबा नरहरि राजबंशीका अनुसार शुक्रबार वुहारीलाई विरामले सारै च्यापेपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि ओमसाई पाथिभरा, त्यहाँ पनि नभएपछि बिर्तामोड स्थित बीर्तासिटी अस्पताल । पछि फेरि आइतबार दिउँसोदेखि बीएण्डसी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
आर्थिक अवस्था कमजोर भएका राजबंशी परिवारले ४÷५ वर्षयता भारतको बेङ्गलर र झापाका विभिन्न अस्पतालमा उनको उपचार गराउँदा आफुसँग, आफन्त र छिमेकीसँग मागेर जोडेको ५ लाख रुपैयाँ खर्च भइसकेको छ । पत्नीको खर्च अभावमा उपचार हुन नसकेर जीवन–मरणको दोसाँधमा रहेको पति वीशेश्वर राजबंशीले बताए ।
उनीहरु दुवै जना घर बनाउने मिस्त्रीको काम गर्थे । रीता विरामी परेपछि ८ महिनादेखि ओछ्यानमा नै थलिएकी थिइन् । उनीहरुका एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा कक्षा–१२ मा पढ्दै छन् ।
छिमेकी शान्ता मेचेले रीतालाई धेरै पहिलैदेखि सुगर, प्रेसर, मुटु लगायतका रोगले सताएको बताइन् । उनले गतवर्ष पनि एपेन्डिक्सको शैल्याक्रिया गरेकी थिइन् । रीताको उपचारमा सहयोग गर्न सबैलाई मेचेले अनुरोध गरेकी छन् । ससुरा बुबा नरहरि र पति विशेश्वरले रीताको जीवन बचाइदिन सबैसँग सहयोग याचना गरेका छन् ।
रीताको उपचारका लागि उनका ज्वाई लव राजबंशीको एनआइसी एशिया बैंकको खाता नं।०८५५७५२४७५२६९००१ वा क्युआरमा इस्क्यानमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...