रीता राजबंशीको दुवै मृगौला खराव भएपछि उपचार खर्च अभाव


मेचीनगर  । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी दुवै मृगौला खराव भएपछि बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचार गरिरहेकी छन् ।

४० वर्षीया रीताको दुवै मृगौला खराव भएपछि उपचारका लागि खर्च अभावमा अस्पतालको वेडमा छट्पटाइरहेकी छन् ।

रीताका ससुरा बुबा नरहरि राजबंशीका अनुसार शुक्रबार वुहारीलाई विरामले सारै च्यापेपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि ओमसाई पाथिभरा, त्यहाँ पनि नभएपछि बिर्तामोड स्थित बीर्तासिटी अस्पताल । पछि फेरि आइतबार दिउँसोदेखि बीएण्डसी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएका राजबंशी परिवारले ४÷५ वर्षयता भारतको बेङ्गलर र झापाका विभिन्न अस्पतालमा उनको उपचार गराउँदा आफुसँग, आफन्त र छिमेकीसँग मागेर जोडेको ५ लाख रुपैयाँ खर्च भइसकेको छ । पत्नीको खर्च अभावमा उपचार हुन नसकेर जीवन–मरणको दोसाँधमा रहेको पति वीशेश्वर राजबंशीले बताए ।

उनीहरु दुवै जना घर बनाउने मिस्त्रीको काम गर्थे । रीता विरामी परेपछि ८ महिनादेखि ओछ्यानमा नै थलिएकी थिइन् । उनीहरुका एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा कक्षा–१२ मा पढ्दै छन् ।

छिमेकी शान्ता मेचेले रीतालाई धेरै पहिलैदेखि सुगर, प्रेसर, मुटु लगायतका रोगले सताएको बताइन् । उनले गतवर्ष पनि एपेन्डिक्सको शैल्याक्रिया गरेकी थिइन् । रीताको उपचारमा सहयोग गर्न सबैलाई मेचेले अनुरोध गरेकी छन् । ससुरा बुबा नरहरि र पति विशेश्वरले रीताको जीवन बचाइदिन सबैसँग सहयोग याचना गरेका छन् ।

रीताको उपचारका लागि उनका ज्वाई लव राजबंशीको एनआइसी एशिया बैंकको खाता नं।०८५५७५२४७५२६९००१ वा क्युआरमा इस्क्यानमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।