चारआलीमा साउन २४ गते इन्डो–नेपाल अन्तर विद्यालय कराते प्रतियोगिता
मेचीनगर । झापाको मेचीनगर–१३, चारआलीमा यही साउन २४ गते इन्डो–नेपाल अन्तर विद्यालय कराते प्रतियोगिता आयोजना हुने भएको छ । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको कराते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
शनिवार साँझ मेचीनगरको चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रथम इन्डो–नेपाल अन्तर विद्यालय खुला कराते च्याम्पियनसिपको तयारीबारे जानकारी दिएको हो । एकेडेमीका अध्यक्ष फुर्वा लामाका अनुसार प्रतियोगिताको प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी रहनेछन् ।

त्यस्तै, प्रतियोगिताको मुख्य प्रायोजक एमडी कन्सल्टेन्सी रहेको लामाले बताए । प्रतियोगिताको विजेता विद्यालयले नगद एक लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै, दोस्रो हुनेले ५० हजार रुपैयाँ पाउँदा तेस्रो हुने टिमले नगद २५ हजार रुपैयाँ पाउनेछ । उत्कृष्ट प्रशिक्षकले नगद १५ हजार पाउनेछन् । त्यस्तै, व्यक्तिगत पदक पाउने खेलाडीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यही साउन २४ गते हुने च्याम्पियनसिपमा भारतका १५ विद्यालयसहित ५० वटा विद्यालयको सहभागिता टुंगो लागेको अध्यक्ष लामाले जानकारी दिए । लामाका अनुसार छात्रछात्रा दुई विधामा २० केजीदेखि ५५ केजी तौल समूहमा प्रतियोगिता हुनेछ । विद्यालयस्तरमै कराते खेललाई प्रोत्सहान गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
पत्रकार सम्मेलनका बीच वरिष्ठ कराते प्रशिक्षक कालु मेचेले प्रथम, दोस्रो र तेस्रो हुनेले पाउने ट्रफी अनावरण गरेका थिए । कार्यक्रममा स्वागत एकेडेमीका उपाध्यक्ष बद्री विष्टले गरेका थिए भने सञ्चालन सचिव विशाल घिसिङ तामाङले गरेका थिए ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
