राष्ट्रिय फोटो पत्रकार समूह झापाको अध्यक्षमा बिमली
मेचीनगर । राष्ट्रिय फोटो पत्रकार समूह झापा जिल्ला शाखा झापाको अध्यक्षमा नेत्र विक्रम बिमली चयन भएका छन्। समितिको उपाध्यक्षमा सन्तोष न्यौपाने, सचिवमा भरत प्रसाई र कोषाध्यक्षमा कवि गुरागाई चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा चन्द्र बस्नेत, देव बास्कोटा र हेमन्त मैनाली रहेका छन्।
समितिलाई सशक्त बनाउँदै सुझाव तथा मार्गदर्शन प्रदान गर्न सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिको संयोजकमा नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति मोहन काजी न्यौपाने रहेका छन् भने सदस्यहरूमा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बालबालिका तथा शिक्षा मञ्च झापाका संयोजक सरोज पौडेल र पत्रकार उद्धव पुरी रहेका छन् ।
नवगठित समितिले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि केन्द्रीय समितिसँग समन्वय गर्दै तालिम तथा फोटो पत्रकारिता सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
