खबरमञ्चको अभियान : इभी नेपाल पहिलो वार्षिक ग्राहक

मेचीनगर । १० वर्षे निरन्तर यात्रापछि खबरमञ्च साप्ताहिकले वार्षिक ग्राहक योजना सुरु गरिएको छ। आज मेचीनगर–६, काँकरभिट्टाबाट औपचारिक रूपमा अभियान सूरू गरेकाे हाे ।
इभी नेपाल यातायात प्रालिका अध्यक्ष सन्तोष आचार्यमार्फत खबरमञ्चको सदस्यता लिइएपछि कार्यक्रमको औपचारिक सुरुवात भएको हो । इभी नेपाल यातायात प्रालि खबरमञ्च साप्ताहिककाे पहिलाे वार्षिक ग्राहक बनेकाे छ ।
कार्यक्रममा प्रेस क्लब मेचीनगरका सचिव प्रबिन अधिकारीले खबरमञ्चको सकारात्मक पत्रकारिताको प्रशंसा गर्दै यो अभियानमा साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबरमञ्च साप्ताहिक तपाईंहरूकै साथ, सुझाव र विश्वासमा यहाँसम्म आइपुगेको सम्पादक प्रकाश पौडेलले बताए । अब वार्षिक ग्राहक अभियानलाई सफल बनाउन सबैकाे साथ र समर्थनको अपेक्षा गरेका उनले बताए ।
५०० रूपैयाँमा १ वर्षकाे ग्राहक बन्न सकिने सम्पादक पौडेलले बताए ।

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...