खबरमञ्चकाे बार्षिकउत्सब : सञ्चार क्षेत्रलाई ब्यवसायिक बनाउनुपर्नेमा जोड
मेचीनगर । खबरमञ्च साप्ताहिकको दसौं वार्षिकोत्सव एक विशेष समारोहबीच बिहीबार सम्पन्न भएको छ । मेचीनगर–७ स्थित खबरमञ्च साप्ताहिकको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी बक्ताहरुले सूचना तथा सञ्चारको माध्यमबाट मानिसको बौद्धिक, मानसिक र पुर्वाधारमा गुणात्मक विकास हुने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–७ का वडा अध्यक्ष प्रल्हादमणि ओली, नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेल, जेष्ठ नागरिक समाजका प्रतिनिधि देवीप्रसाद काफ्ले, पूर्व शिक्षक अमर परियार, बोर्डरल्यान्ड दैनिकका सम्पादक झुलन रेग्मीले स्थानीय तहले सञ्चार क्षेत्रलाई ब्यवसायिक बनाउन प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।
वक्ताहरूले खबरमञ्चले विगत एक दशकमा स्थानीय पत्रकारितामा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ सशक्त र उत्तरदायी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा प्रेस सेन्टर झापाका सचिव प्रकाश उप्रेती,पत्रकार सरोज पौडेल, प्रेस चौतारीका सदस्य पुष्कर गुरागाईं, किशोर उपरकोटी, विमर्श उप्रेती तथा मेचीनगर नगरपालिकाका प्रेस संयोजक अर्जुन कार्की, समाजसेवी हिरामोहन राजवंशी लगायतको उपस्थिति रहेको थियो।
पिताम्बर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेलले गरेका थिए।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
