निर्वाध चल्छन् भारतीय नम्बर प्लेटका सवारी साधन, नियमन खै ?
मेचीनगर । नेपालका पूर्वी जिल्लाहरुमा भारतीय नम्बर प्लेट भएका सवारी साधनहरू दिनहुँजसो निर्वाध रुपमा सञ्चालन भइरहेका छन्। सीमावर्ती क्षेत्र काँकरभिट्टा लगायतका ठाँउमा विहान ८ बजे मात्रै भन्सार सुविधा दिने कार्यालय खुले पनि त्यसअगावै भारततर्फबाट आउने सवारीहरूको लाम देख्न सकिन्छ। यस्ता सवारीहरू अधिकांश निजी प्रयोजनका लागि प्रवेश गर्ने भनिए पनि व्यवहारमा भाडाका लागि प्रयोग भइरहेको स्थानीयको गुनासो छ।
भन्सार सुविधा भए पनि प्रयोगमा कमजोरी नेपालमा विदेशी सवारीसाधन सञ्चालनका लागि भन्सार प्रज्ञापन अनिवार्य छ। विशेषतः निजि प्रयोजनको लागि आएका गाडीलाई सिमित समयका लागि प्रवेश अनुमति दिने प्रचलन छ। तर, पूर्वका धेरै जिल्लामा भन्सार प्रक्रिया नपुयाई गाडीहरू सञ्चालन भइरहेका दृश्य देखिनुले नै नियमन प्रणाली कमजोर भएको संकेत गर्दछ।
नियमन निकायको मौनता, यात्रु असुरक्षित
स्थानिय प्रशासन तथा यातायात नियमन निकायको नजरअन्दाज र मौनताले समस्या अझै जटिल बनेको छ। यस्ता गाडीहरूबाट भाडा असुली हुने, दुर्घटना भएमा जिम्मेवार निकाय नखोजिने, बीमा सुरक्षा नहुने जस्ता समस्याले यात्रुहरु जोखिममा परिरहेका छन्।
स्थानियको गुनासो
‘हामीकहाँ बिहानैदेखि भारततर्फबाट आउने गाडीहरूको लाइन लाग्छ। धेरैजसोले भाडाका लागि गाडी ल्याउँछन्, तर नियमन छैन’ काँकरभिट्टाका एक स्थानीय बासिन्दाले भने। उनका अनुसार यस्ता गाडीहरू सस्तो भाडा र नियम नमान्ने प्रवृत्तिका भएका कारण नेपाली सवारी व्यवसायी पनि विस्थापित हुने खतरा बढेको छ।
के भन्छन् अधिकारीहरू ?
भन्सार कार्यालयका एक कर्मचारीका अनुसार विदेशी गाडीलाई भित्र्याउने निश्चित प्रक्रिया हुन्छ, तर कतिपय अवस्थामा निरीक्षण सम्भव नहुँदा समस्या हुने गरेको छ।‘हामीले प्रक्रिया अनुसार कार्य गरिरहेका छौं, तर भन्सार नगरी छिर्ने गाडी नियमन गर्न प्रहरी प्रशासनसँग समन्वय आवश्यक छ,’ उनले बताए।
नेपाल–भारत खुल्ला सिमानाका कारण दुवै मुलुकविच आवतजावत सहज भए पनि यसका आडमा हुने मनपरीलाई रोक्न प्रभावकारी नियमन र अन्तर निकायीय समन्वय आवश्यक देखिएको छ। यात्रु सुरक्षादेखि सवारी कर प्रणालीसम्म असर पुर्याउने यस्ता क्रियाकलापप्रति सम्बन्धित निकायले तत्काल ध्यान दिन जरुरी देखिन्छ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
