प्रेस चौतारीका उपाध्यक्ष अधिकारीद्वारा उपचार कोषलाई सहयोग
झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले उपचार कोषलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेका छन् । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई १५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
चौतारीका केन्द्रीय उपाध्यक्ष अधिकारीले संगठनका झापा जिल्ला अध्यक्ष प्रदीप परियारलाई उक्त सहयोग रकम प्रदान गरे । झापाको एक कार्यक्रममा उनले घोषणा गरेको सहयोग रकम आज पठाउनु भएको अध्यक्ष परियारले जानकारी दिए ।
पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको पत्रकार उपचार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिइन् । उनका अनुसार कोषमा विभिन्न क्षेत्रमा रहेर सामाजिक काम गर्ने अगुवा, राजनीतिक दलका नेताहरु, संघ संस्था, व्यक्तिहरूले विशेष अवसरहरूमा कोषलाई सहयोग गर्दै आएकी बताइन् ।कोषमा हालसम्म साढे ६ लाख रुपैयाँ संकलन भइसकेको छ ।
कोषमा संकलित सहयोग रकमको व्याजबाट पत्रकारहरूलाई उपचारमा सहयोग गर्ने गरिएको छ । संयोजक शिवाकोटीले सदस्य बन्न बाँकी पत्रकारहरूलाई सदस्यता लिन आव्हान गरिन् ।
आजै पत्रकार किशोर उपरकोटी, तीर्थराज खरेल र संगिता उप्रेती उपचार कोषको सदस्य बनेको प्रेस चौतारी झापाको उपाध्यक्ष सुनिरा मैनालीले जानकारी दिइन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
