प्रेस चौतारीका उपाध्यक्ष अधिकारीद्वारा उपचार कोषलाई सहयोग
झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले उपचार कोषलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेका छन् । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई १५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
चौतारीका केन्द्रीय उपाध्यक्ष अधिकारीले संगठनका झापा जिल्ला अध्यक्ष प्रदीप परियारलाई उक्त सहयोग रकम प्रदान गरे । झापाको एक कार्यक्रममा उनले घोषणा गरेको सहयोग रकम आज पठाउनु भएको अध्यक्ष परियारले जानकारी दिए ।
पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको पत्रकार उपचार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिइन् । उनका अनुसार कोषमा विभिन्न क्षेत्रमा रहेर सामाजिक काम गर्ने अगुवा, राजनीतिक दलका नेताहरु, संघ संस्था, व्यक्तिहरूले विशेष अवसरहरूमा कोषलाई सहयोग गर्दै आएकी बताइन् ।कोषमा हालसम्म साढे ६ लाख रुपैयाँ संकलन भइसकेको छ ।
कोषमा संकलित सहयोग रकमको व्याजबाट पत्रकारहरूलाई उपचारमा सहयोग गर्ने गरिएको छ । संयोजक शिवाकोटीले सदस्य बन्न बाँकी पत्रकारहरूलाई सदस्यता लिन आव्हान गरिन् ।
आजै पत्रकार किशोर उपरकोटी, तीर्थराज खरेल र संगिता उप्रेती उपचार कोषको सदस्य बनेको प्रेस चौतारी झापाको उपाध्यक्ष सुनिरा मैनालीले जानकारी दिइन् ।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
