काँकडभिट्टामा ईभी नेपाल यातायातको कार्यालय सञ्चालनमा
मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल यातायात प्रालिको कार्यालय सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरिएको हो ।
बैशाख १५ गतेदेखी सेवा सूरु गरेको ईभी नेपालले काँकडभिट्टा–विराटनगर र काँकडभिट्टा–धरान रूटमा ७ वटा ईभी माइक्रोबस सञ्चालनमा ल्याइसकेको छ । प्रदूषण नियन्त्रण र स्वच्छ ऊर्जा प्रयोगलाई प्राथमिकता दिँदै कम्पनीले अब काँकडभिट्टा–ईलाम रूटमा पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।
ईभी नेपाल यातायातले पर्यावरणीय उत्तरदायित्वसँगै यात्रुहरूलाई सुरक्षित, सहज र सुलभ सेवा दिने संस्थाका अध्यक्ष सन्तोस आचार्यले बताए ।
कार्यक्रमको सञ्चालन सदस्य भगिरथ राईले गरेका थिए भने, सदस्य ज्ञानेन्द्र निरौलाले कम्पनीले प्रदान गर्ने सेवा, सुविधा र यात्रु–मैत्री योजनाबारे जानकारी दिएका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
