एमाले मेचीनगरले मनायो राष्ट्रिय धान दिवस
मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले आज २२ औँ राष्ट्रिय धान दिवस भव्य रुपमा मनाएको छ । असार १५ गते धान दिवस मनाउने प्रचलन अनुसार एमालेले वर्षेनी राष्ट्रिय दिवस पर्व मनाउने गरेको छ ।
आइतबार मेचीनगर–७, जोरसिमल स्थित नरपति काफ्लेको खेतमा एमाले मेचीनगरले धानको विउँ रोपेर दिवस मनाएको हो । एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाउने गरिएको बताए ।

एमालेको नेतृत्वमा दैलेखमा मिथेन ग्यास भण्डार खानीको खोजपर्ताल गरेपछि ५० वर्षलाई पुग्ने १ अर्व १२ करोड घनमिटर मिथेन ग्यास रहेको उनको भनाई छ ।
उनका अनुसार मिथेन ग्यासबाट कृषिलाई चाहिँने मललाई मल्टीप्रपोजका रुपमा विकास गर्न सकिने छ । समृद्ध नेपाल सुखी नेपालीको सपना अब पूरा हुने छ ।
कार्यक्रममा एमाले नेता विष्णु प्रसाई, युवा नेता दावा तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । असार १५ लाई किसानले ‘मानो रोपेर मुरी फलाउन’ दिनका रुपमा पनि लिने गरिएको छ । आजको दिन दहि र चिउरा खानु नेपालीहरुको संस्कृति नै रहेको छ ।

सोही अवसरमा एमाले जिल्ला सदस्य एवम् मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले असारे १५ को लोकगीत बाँसुरीको धुनमा बजाएका थिए । कार्यक्रममा एमालेका केन्द्रदेखि प्रदेश, जिल्ला, क्षेत्र, नगर र टोलसम्मका नेता तथा कार्यकर्ताहरुले धान दिवस मनाएका थिए ।
एमाले मेचीनगर अध्यक्ष राजु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सागर ओलीले गरेका थिए ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...