मेचीनगरको बजेट एक अर्ब ८२ करोड
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट प्रस्तुत गरेकी छिन्।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा सञ्चालन भएको नगरसभामा उपप्रमुख उप्रेतीले प्रस्तुत गरेकी बजेटमा नगरस्तरीय योजना तर्फ ५७ करोड ९७ लाख ५२ हजार ५४० रुपैयाँ बिनियोजन गरिएको छ भने वडा स्तरीय योजनाका लागि १६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।
त्यसैगरी संघबाट बित्तिय हस्तान्तरण मार्फत बिषयगत सशर्त अनुदान तर्फ ८४ करोड ९५ लाख, प्रदेशबाट बित्तिय हस्तान्तरण मार्फत बिषयगत सशर्त अनुदान तर्फ दुई करोड ६४ लाख ८२ हजार रहेको छ भने ऋणको सावा व्याज भुक्तानीका लागि २५ लाख र समपुरक कोषमा ६ करोड रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै अघिल्लो बर्षबाट अल्या गरिएको रकम १३ करोड ७४ लाख ५१ हजार ८९९ रुपैया ३७ पैसा रहेको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
