मेचीनगरका पत्रकारको ७८ लाख बराबरको दुर्घटना बीमा
मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ । आज क्लबको स्थापना दिवसको अवसरमा ३९ जना सदस्य पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो ।
हरेक बर्ष नविकरण हुने गरी ३९ जना २ लाख दरले ७८ लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका सचिव प्रविण अधिकारीले बताए । नेपाल माइक्रो इन्स्योरेन्स बिर्तामोडमार्फत पत्रकारको दुर्घटना बीमा गरिएको हो । बीमा कम्पनीका बिर्तामोड शाखा प्रमुख दिपक काफ्ले र प्रेस क्लबका मेचीनगरका अध्यक्ष प्रकाश पौडेले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेसंगै बीमा समेत लागू भएको छ ।
प्रेस क्लब मेचीनगरमा ६० पत्रकार आवद्ध छन् । त्रमिकरुपमा सबै सदस्यको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिने उपाध्यक्ष खगेन्द्र घिमिरेले बताए ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...