बिर्तामोडकी अनुजाले ल्याइन् ‘गुन्यु चोली पटुकी’
झापा । दान बहादुर कार्कीको शब्द तथा रचनामा रहेको ‘गुन्यु चोली पटुकी’ गीत शुक्रवार सार्वजनिक भएको छ । गजब टिभी युट्युव च्यानलमार्फत उक्त बोलको भिडियो सार्वजनिक भएको हो ।
किरण थापाले निर्देशन गरेको उक्त गीतमा अनुजा कडरियाको स्वर रहेको छ । झापा बिर्तामोड निवासी अनुजा सानैदेखि गायन क्षेत्रमा सक्रिय छिन् । निधी मावि विर्तामोडमा कक्षा ८ मा अध्ययन गरिरहेकी अनुजाले यसअघि तीनवटा भजन, तथा अन्य गीतहरुमा समेत स्वर दिएकी उनका बुवा कुमार कडरियाले बताए । गायनमा रुची राख्ने अनुजा भ्वाइस अफ नेपालकी फाइनालिस्ट समेत हुन् ।
‘गुन्यु चोली पटुकी’ गीतमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । भिडियोमा आन्भी ओलीको कुशल अभिनय देख्न सकिन्छ । उनी कलाकार सरोज ओलीकी छोरी हुन् । यस भिडियोमार्फत गुन्यु, चोली र पटुकीको महत्वलाई दर्शाउन खोजिएको छ ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...