मेचीनगर ४ मा हात्तीमैत्री उद्यमशील तालिम
मेचीनगर । मेचीनगर–४ , बाहुनडाँगीमा बाँसको जरा र काठबाट हात्तीमैत्री उद्यमशील तालिम सुरु भएको छ । मेचीनगर ४ वडाकार्यलयको आयोजनामा हात्ती मैत्री उद्यमशिलता तालिम सुरु भएको हो । मेचीनगर ४ को वडाकार्यलयको सभाहलमा तालिम संञ्चालन भएको हो ।
उद्यमशिलता तालिमका लागि पयटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र उज्यालो नेपाल वर्दियाले समेत सहयोग गरेको छ । तालिममा बाँसबाट डट्पेन बनाउन समेत सिकाइने तालिमका प्रशिक्षक गोपाल राजवंशीले बताए ।
मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको तालिममा डिभिजन वन कार्यलय झापाका प्रमुख भरतबाबु श्रेष्ठ,रामनाथ यादव,मेचीनगर ४ का वडासदस्य गीता थापा मगर, पवन विश्वकर्मा, नुरबहादुर कार्की,धनमाया कोइराला लगायतको उपस्थिति रहेको थियो ।
१५ दिन सम्म सञ्चालन हुने तालिममा सय बढी स्थानीयको सहभागिता रहने छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
