वातावरण दिवसमा साइकल रेस र बतृत्वकला सम्पन्न
बाहुनडाँगी । विश्व विश्व वातावरण दिवस २०८२ अवसरमा साइकल रेस तथा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर–१ नम्वर वडा कार्यलयको आर्थिक सहयोगमा एस. वि. निकेतन इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा रेस तथा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
बतृत्वकला प्रतियोगितामा हरियालीका लागि हातेमालो शीर्षक अन्तर्गत रहेर सहभागी भएक थिए । जसमा शान्ति बाल शिक्षा निकेतनका एन्जल भुजेल प्रथम, पबित्रा माविकी जेनिसा राना मगर दोस्रो,शान्ति बाल शिक्षा निकेतनका सौरभ कार्की तेस्रो भए ।
साइकल दौड १३ वर्षमुनि (केटी) र १५ (केटा) मुनि गरी दुई उमेर समूह विभाजन गरेर सहभागी गराइएको थियो जसमा विद्या विकास एकडेमीमा निष्कर्ष बराल प्रथम, सरस्वती शिक्षा सदनका मन्दिप नेपाल दोस्रो र विद्या विकास एकडेमीका युनिस गिरी तेस्रो भए ।

त्यसैगरि साइकल दौडको केटी तर्फ विद्या विकास एकडेमीकी सिम्रन घिमिरे, विद्या विकास एकडेमी कै एञ्जल रसाइली र शान्ति बाल शिक्षा की रिदय प्रधान क्रमश पहिलो,दोस्रो र तेस्रो भए ।
एस. वि. निकेतनका संस्थापक हिक्मत क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मेचीनगर १ का वडाध्यक्ष रामकुमार राई रहेका थिए । कार्यक्रममा डिकेन्द्र थापा, लेखनाथ राउत, हेमलाल गुराँगाई, प्रितम खड्का, हरि तामाङ,विमल पौडेल,रोमन कार्की लगायतको उपस्थिति रहेको थियो ।

१०८ युवा समूह, ग्लोबल मेचेडाँगी युवा क्लब,इनोभेटिभ सोसाइटी गाडागल्ली र मिडिया पुर्वको आवाजले प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेका थिए ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
