शिविरमा दुईसयबढीले सेवा लिए
चारआली । हातेमालो सामुदायिक वन उपभोक्ता समुहले आयोजना गतेको एकदिने निस्शुल्क स्वास्थ्य शिविरमा दुईसयबढीले सेवा लिएका छन् । सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत वनको आयोजना तथा पुर्वान्चल मनमोहन अस्पतालको डाक्टर र प्राबिधिक सहयोगमा निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा नशा तथा हाडजोर्नी, स्त्रीरोग, मुटु तथा सुगर प्रेसरको लगायतका रोग विशेषज्ञ डाक्टरले चेकजाँच गरेका थिए । चेकजाँचपछि जटिल रोगका लागि मनमोहन अस्पताल रेफर गरिएको सहभागी डाक्टरले बताए ।

वनका ३ हजारबढी उपभोक्तालाई सुसूचित गरेपनी एक सय पचासबढी सर्वसाधारण सेवा लिइएका थिए । शिविरअघि समुहका अध्यक्ष चन्द्र सिग्देलको अध्यक्षक्षता तथा मेचीनगर वडा-१३ का अध्यक्ष कृष्णराज सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा मेचीनगर वडा-१३ का अध्यक्ष कृष्णराज सिग्देल, वनका सुधीरकुमार शिवाकोटी र अस्पताल ब्यवस्थापन समितिका कोषाध्यक्ष बुद्धिमान भट्टराईले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन यमकान्त प्याकुरेलले गरेका थिए।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
