एसियन हाइवे : काँकरभिट्टाको कालीखोलामा खुल्यो राजमार्ग
काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध राजमार्गमा यातायात चल्न थालेको छ । निर्माणाधीन पुलको एक छेउबाट गाडी सञ्चालन हुने गरि अस्थाई रुपमा डाइभर्सन बनाइएको हो ।
एसियन हाइवेको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई। सुनिलबाबु पन्तले केहीबेर अघिदेखि निर्माणाधीन पुलको एक छेउबाट गाडी सञ्चालन हुने अवस्था बनाइएको बताए ।
आज विहान उक्त पुलको डाइभर्सन बाढीको भेलले बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो भने सवारीका साधनहरु रमाइलो गाउँको बैकल्पिक मार्गबाट सञ्चालन गरिएको थियो ।

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



