भोलीदेखी एक हप्ता मेचीनगर साकोस बन्द हुने
धुलावारी । मेचीनगर बचत तथा ऋण सहकारी सस्था भोली जेष्ठ २ गतेदेखी एक हप्तामा बन्द रहने भएको छ । कोरोना भाइरस दोस्रो लहरबाट जोखिम उच्च भएका कारण एक हप्ताका लागी सस्थाको प्रधान कार्यालय तथा सेवा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको हो ।
नयाँ भेरियन्टको कोरोना कोभिड १९ को संक्रमण फैलिदै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञा जारी गरेसँगै सस्थाले दिने सेबा एक हप्ताका लागि बन्द गरिएको व्यबस्थापक मानस सिटैलाले बताए । जिल्ला प्रशासन कार्यालय झापा तथा सहकारी विभागको सूचनाको आधारमा भोली जेष्ठ २ गते जेठ ८ गते शनिवारसम्मका लागि बन्द गरिएको उनले बताए ।

बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

