केर्खा पब्लिक स्कुलकी छात्राहरूको जिल्ला स्तरमा चम्किलो प्रदर्शन
झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित केर्खा पब्लिक बोर्डिङ स्कुल टेबल टेनिस खेलमा जिल्ला प्रथम भइ प्रदेशस्तरीय प्रतियोगिताका लागि चयन भएको छ ।
झापा सुरुङ्गास्थित हरिकुल माविमा सम्पन्न जिल्ला स्तरीय छनोट खेलमा जिल्ला प्रथम केर्खा पब्लिक बोर्डिङ स्कुलकी छात्रा अनन्या कार्की, दोस्रो एरा एभरग्रिन बुद्धशान्ति कि छात्रा ससा मैनाली र तृतीय केर्खा पब्लिक कै छात्रा डेनिसा तामाङ भई प्रदेश स्तरीय खेलको लागि छनौंट भएका हुन।
अण्डर–१४ छात्रातर्फ छनोट भएका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरूले प्रदेशस्तरीय टेबल टेनिस प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रदेश स्तरीय टेबल टेनिस प्रतियोगिता आगामी जेठ १९ गते इटहरीमा हुने जानकारी केर्खा पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले दिएका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
