रास्वपा मेचीनगरकाे सभापतिमा राजबंशी
काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको सभापतिमा सन्तोस राजबंशी सर्वसम्मत चयन भएका छन् काँकरभिट्टामा आज सम्पन्न रास्वपा मेचीनगरको प्रथम अधिवेशनले सभापतिमा धुलाबारीका राजबंशीलाई चयन गरेको रास्वपा मेचीनगरका निवर्तमान सभापति कमल गौतमले जानकारी दिए।
अधिवेशनबाट उपाध्यक्षमा पुरूसोत्तम काफ्ले, सचिवमा शिशिर पोखरेल, कोषाध्यक्षमा काजिमान विश्वकर्मा र सहसचिवमा गोकुल अधिकारी सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै नगरसमितिको महिला सदस्यहरूमा सधादेवी खड्का, शुशिला काफ्ले, मैया उप्रेती कट्टेल चयन हुनु भएको छ । त्यसैगरी खुला सदस्यमा दिल बहादुर गजमेर, महेन्द्र चौधरी, गोपाल बुढाथोकी र हस्त बहादुर खड्का चयन भएको हुन् ।
नगर सभापति कमल गौतमको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि रास्वपाका केन्द्रीय कार्यवाहक सभापति डिपि अर्याल, केन्द्रिय सदस्य डा तोसिमा कार्की, केन्द्रिय सह प्रवक्ता रमेश प्रसाई, केन्द्रिय सदस्य ज्वाला संग्रौला, प्रदेश महामन्त्री लाल बिक्रम थापा, झापा जिल्लाका कार्यवाहक सभापति प्रकाश पाठक, जिल्ला सहसचिव भिम कुवँर लगायतले रास्वपाले बहुमतको सरकार बनाउदा मात्रै जनताको पक्षमा काम हुने बताएका थिए । काँकरभिट्टा खानेपानी समितिको सभा कक्षामा सम्पन्न कार्यक्रम प्रेमराज घिमिरेले सञ्चालनमा सम्पन्न भएको थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
