दुर्घटनामा दमकका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते
विराटनगर । चितवनबाट झापा दमकतर्फ आउँदै गरेको स्कारपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका एक अधिकृतको मृत्यु भएको छ । उदयपुर कटारीमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन् । इलाका प्रहरी कटारीका इन्स्पेक्टर कमल बजगाईँका अनुसार दुर्घटनामा दमक–३ निवासी ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी नगरपालिकाका कानून अधिकृत हुन् ।
मे. १ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई सडक किनाराको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको थियो । वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठ, नगरपालिकाकै सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, १ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका– १ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
