सिमान्त बाल क्लबकाे साँस्कृतिक र सचेतना कार्यक्रम
मेचीनगर । लोकतन्त्र दिवसका अवसरमा मेचीनगर ६ मा रहेको सिमान्त बाल क्लबले साँस्कृतिक र सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मेची किनारमा रहेको (मेची डाँडा)मा आयोजित सो कार्यक्रमले नेपाली सँस्कृतिको संरक्षणसँगै दुव्यर्सनले समाजमा पार्ने प्रभाव र असरका विषयमा समेत चर्चा गरिएको थियो ।
क्लबका अध्यक्ष मानव पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका साँसद तथा नेपाली काँग्रेसका संसदीय दलका नेता गोपाल तामाङ्ग रहेका थिए । विशेष अतिथिका रुपमा मेचीनगर वडा नं ६का वडा अध्यक्ष ललितबहादुर तामाङ्ग रहेका थिए ।कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथि बालअधिकारकर्मी मणीकुमार लिम्बु,सामाजिक अभियान्ता संदीप थापा,ईप्रका काँकरभिट्टा प्रहरी नायब निरिक्षक मिलन राई लगायतले आफना भनाई राखका थिए ।
कार्यक्रममा समाजसेवी युवा विधान श्रेष्ठ लगायत स्थानीय टोल विकास संस्था, नवदुर्गा किर्तन मण्डली , प्रगति आमा समुलाई सम्मान गरिएको थियो ।मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलले स्वागत तथा कार्यक्रमका विषयमा प्रकाश पारेका थिए ।कार्यक्रममा विभिन्न राजनीतिकदलका प्रतिनिधि,समाजसेवी,विध्यार्थी ,टोल विकासका प्रतिनिधि र स्थानीयको सहभागिता रहेकाे थियाेे ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


