मेचीनगर : बैशाख २२ देखि निलसरी महोत्सव आयोजना हुने
मेचीनगर । जोरसिमल मेचे समाज विकास समितिको आयोजनामा यही बैशाख २२ गतेदेखि २९ गतेसम्म झापाको मेचीनगर – ७ स्थित जोरसिमलमा निलसरी महोत्सव आयोजना हुने भएको छ ।
आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर महोत्सवको तयारीका बारेमा जानकारी दिएको हो । ‘झापामा पहिलोपटक बृहत तथा फरक प्रकृतिको महोत्सव गर्दैछौं, आयोजक समितिका सचिव सञ्जय मेचेले कार्यक्रमको बारेमा जानकारी गराउँदै भने, ‘सांस्कृतिक कार्यक्रम, फुटवल, स्वास्थ्य शिविर, प्यानल डिस्कसन लगायतका थुप्रै कार्यक्रम एक साथ सञ्चालन हुने छ ।’
महोत्सव तथा विविध कार्यक्रम सम्पन्न गर्न करिव ४० लाख ८६ हजार खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए । उनले कार्यक्रम पृथक र बृहत हुने भएकोले सबै क्षेत्रबाट सहयोगको अपेक्ष समेत गरेका छन् ।
आयोजक समितिका अध्यक्ष सुन्दर मेचेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा मेचीनगर – ७ का वडाध्यक्ष प्रह्लादमणी ओलीले जिल्लामै यस किसिमको पृथक कार्यक्रम पहिलोपटक आयोजना हुन लागेको भन्दै सबै क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।
श्री ३ जंगबहादु राणा र मेचे समुदायबीचको एतिहासिक सम्बन्ध र निलसरीको बारेमा पवन मेचेले चर्चा गरे । ‘निलसरीको छुट्टै पहिचान र इतिहास छ,’ उनले भने इतिहासलाई जीवन्तराख्न महोत्सव गर्दै छौं ।’
आयोजकको अनुसार पहिलो दिन बैशाक २२ गते उद्घाटन, साँस्कृतिक कार्यक्रम तथा फुटबल सञ्चालन हुने छ । दोस्रो दिनदेखि चौथो दिन सम्म स्वास्थ्य शिविर सञ्चालन हुने छ । पाँचौं र छैटौं दिन प्यानल डिस्कसन सातौं दिन सांस्कृतिक कार्यक्रम तथा रक्तदान सञ्चालन हुने बताइएको छ । आठौं दिन फुटवल फाइन खेल सहित महोत्सव सम्पन्न हुने छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
